मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसका ७० जिल्ला कार्यसमितिले उम्मेदवारको नाम सिफारिश गरे

काठमाडौं । मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसका ७० जिल्ला कार्यसमितिले उम्मेदवारको नाम सिफारिश गरेका छन् । कांग्रेसले भदौ २० भित्रै प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ पाँच जनाका दरले उम्मेदवार सिफारिश गर्न निर्देशन दिएको थियो । पार्टी केन्द्रले यो निर्देशन दिएपनि अधिकांश क्षेत्रीय समितिले तोकिएभन्दा बढी उम्मेदवार सिफारिश गरेका छन् ।

 विवाद मिलाउन नसक्दा क्षेत्रीय समितिले ३३ जना सम्मको नाम सिफारिश गरेका छन् । केन्द्रीय कार्यालयमा ७० जिल्लाबाट दुवैतर्फका उम्मेदवारको नामावली आएको छ । तर पर्सा, धनुषा, सिराहा, सप्तरी र मोरङमा भने स्थानीय तहमै उम्मेदवार सिफारिशमा विवाद भएपछि अझै निर्णय हुन सकेको छैन ।

 धनुषामा राष्ट्रपति पुत्र डा. चन्द्रमोहन यादवको नाम सिफारिश नभएपछि जिल्ला कार्यसमितिले निर्णय गर्न सकेको छैन । मोरङमा पनि कांग्रेस नेतृ सुजाता कोइरालाको नाम नपरेपछि उम्मेदवार छनौट हुन नसकेको हो । पठाइएका कतिपय जिल्लाबाट दुई