काठमाडौं – नेपाल आयल निगमले एक महिना नबित्दै पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ ।
निगम सञ्चालक समिति मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मटि्टतेलमा ३/३ रुपैयाँ वृद्धि गरेको हो । निगमले साउन २६ गते पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटि्टतेलमा १/रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।
निगमका अनुसार हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँ वृद्धि भएको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ र ग्याँसको भने मुल्यवृद्धि भएन ।
मुल्यवृद्धि भएसँगै अबदेखि पेट्रोलको भाउ १ सय ३० रुपैयाँ, डिजेल र मटि्टतेलको १ सय ३ रुपैयाँ पुगेको छ ।
RSS