उच्चस्तरीय राजनीतिक समितिद्धारा नेकपा माओवादी सहभागी नभए पनि मंसिर ४ मै संविधानसभा चुनाव गर्नुपर्ने भन्दै सरकारलाई दबाब

काठमाडौं । ५ दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले नेकपा माओवादी सहभागी नभए पनि मंसिर ४ मै संविधानसभा चुनाव गर्नुपर्ने भन्दै कानुनी प्रबन्ध मिलाउन सरकारलाई दबाब दिएको छ ।

 

उच्चस्तरीय समितिमा सम्मिलित दलका नेताहरुले आज मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर मंसिर ४ को चुनावका लागि संविधानसभा सदस्य संख्या ६ सय १ बनाउनुपर्ने समितिको निर्णयबारे जानकारी गराएका हुन् ।

 

 मधेशी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीसंग भएको सहमति कार्यान्वयनका लागि संविधान संशोधन गर्न राष्ट्रपतिलाई सिफारिस गर्न समितिले सरकारलाई दबाब दिएको छ ।

 

नेकपा माओवादी चुनावमा आउने संभावना नभएको निष्कर्षसहित समितिले सरकारलाई चुनावी सुरक्षाको कार्यक्रम अगाडि बढाउन सुझाव दिएको छ ।

 

RSS, IMAGECHANNEL