काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा विद्यार्थि संगठनहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । राजधानीका त्रिचन्दू, रत्नराज्य, शंकरदेब लगायतका क्याम्पस अगाडि विद्यार्थीले आज विहान सडक अबरुद्ध गरी विरोध जनाए । प्रदर्शनमा अखिल, नेविसंघ अखिल क्रान्तिकारीलगायतका संगठनको संलग्नता रहेको थियो ।
मृल्यबृद्धि फिर्ता नभए सडक संघर्षमा जाने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् । निगम सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले पेट्रोल, डिजल, मट्टितेल लगायतको भाउ बढाएको हो । निगमले पेट्रोलको भाउ लिटरमा ५ रुपैयाँ बढाएर १ सय ३० रुपैयाँ पुर्याएको छ ।