सिन्धुली । सिन्धुलीमा स्थानीय प्रशासनले सुरक्षा दिन नसकेको भन्दै निर्माण व्यवसायी संघ सिन्धुलीले आज जिल्ला बन्द गराएको छ ।
सदरमुकाम सिन्धुलीमाडीमा स्थानीय प्रशासनको कमजोरीका कारण असुरक्षा बढेको भन्दै निर्माण व्यवसायी संघ सिन्धुलीले बन्द आह्वान गरेको हो ।
बन्दले सिन्धुलीमाडीमा बजार ठप्प छ भने यातायातका साधन पनि सञ्चालन भएका छैनन् ।
RSS