– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । सिफारिस उम्मेदवारबीच कांग्रेस र एमाले भित्र आन्तरिक गुटवन्दी भएको छ । आफनो पक्षको उम्मेदवारलाई टिकट दिलाउन गाउँ देखी केन्द्रसम्म लबिङ तीव्र रुपमा भएको छ । नेता र कार्यकर्ता विभाजन भएरै आफनो पक्षको उम्मेदवारलाई प्रतयक्षमा टिकट दिए मात्र चुनाव जित्ने भन्दै केन्द्रिय नेतालाई काठमाडौमै धाएर दुई सातादेखी दवाव दिदै आएका छन ।
कांग्रेसमा दुवै क्षेत्र र एमालेमा क्षेत्र २ मा गुटवन्दी भएको हो । विर्वाचन क्षेत्र नं. १ मा एमालेका एक्ला उम्मेदवार नरेन्द्र कुमार क्षेत्री भएकाले गुटवन्दी छैन । काग्रेसको १ मा सात, २ मा आठ जना र एमालेको २ मा तीन जनाको नाम प्रत्यक्षमा सिफारिस छ ।
एमालेमा डा. दुमन थापा र पिताम्बर भुसालबीच दुई समुहमै बाँडिएर लागेका छन । भुसाललाई टिकट दिनुपर्छ भनेर पुर्वअध्यक्ष रामजीप्रसाद घिमिरे, सचिव रामबहादुर चौहान, प्रभार विभाग प्रमुख भोजबहादुर लगायतको समुह लागेको छ भने थापाको पक्षमा युवाहरुको समुह लागेको छ । थापा माधव नेपाल पक्षबाट भुसाल झलनाथ खनाल पक्षमा लबिङ भैरहेको एमाले स्रोतले बतायो । १ मा सर्वसम्बत भएका लोकप्रिय नेता क्षेत्री पनि खनाल पक्षकै हुन तर कुनै गुटवन्दी बाहिर देखिएको छैन ।
काग्रेसमा धेरै सिफारिस भएपनि विष्णु मुस्कान र रामबहादुर विसीबीच लबिङ भैरहेको छ । आ-आफनो समुहबाट केन्द्रिय नेता सुशिल कोईराला, शेरबहादुर देउवा,रामचन्द्र पौडेल लगायतका नेताकहाँ धाईरहेका छन । २०५६ को चुनावमा पराजित भएपछि जिल्लाको राजनीतिमा निश्क्रिय विसीलाई टिकट दिलाउन पुर्वराज्य मन्त्री रेवतीप्रसाद भुसाल सहितको राजधानी बस्ने तर खासै जिल्ला राजनीतिमा सक्रिय नहुने समुह लागेको छन । विसीले जित्ने दावी उक्त समुहको छ । क्षेत्र नं. १ का सचिव विष्णु क्षेत्रीले गाउँमा सक्रिय भुमिका र लोकप्रिय नेता भएकाले मुस्कानलाई टिकट दिए जित्ने दावी गरे । एमाओवादी, कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा हुने र गाउँबाट मुस्कानको माग बढी आएकाले पहिलो नम्बरमा सिफारिस भएकाले केन्द्रले यसको मुल्याकंन गर्ने र टिकट दिनुको विकल्पै नभएको दावी गरे ।
क्षेत्र २ मा केन्द्रिय सदस्य पुष्पा भुसाल, कमल भुसाल र वासुदेव आचार्यबीच लविङ भएको छ । २०६४ को चुनावमा क्षेत्र १ मा एमाओवादीका टोपबहादुर रायमाझी र २ मा काग्रेसकी पुष्पाले जितेका थिए । सबै नेताहरु राजधानी धाएपछि जिल्ला पाटी कार्यालय सुनसान भएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।