ईराक । ईराकको राजधानी बग्दादमा भएको दुई छुट्टाछुट्टै बिस्फोटमा ३५ जना मारिएका छन् ।
बग्दादस्थित शिया समुदायको मस्जिदमा प्रार्थना गरीरहेका माझ गराईएको बिस्फोटमा ५० भन्दा बढी घाइते भएका छन् । बिस्फोटमा मरिनेमा अधिकांश महिला र केटाकेटी रहेका छन् । ईराकमा शिया र सुन्नी समदायबीचको द्धन्द्धका दिनहुँ हुने गरेका हिंसात्मक गतिबिधीमा सयौंको ज्यान जाने गरेको छ ।
गत जनवरीदेखि हालसम्म भएको श्रृंखलाबद्ध बिस्फोटमा ५ हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने १२ हजार भन्दा बढी घाइते भएका छन् । यता सरकारले सुरक्षा दिन नसकेको भन्दै ईराकी नागरिकले ईराक सरकारको ब्यापक आलोचना गरेका छन् ।
Agencies