भदौ २९ देखि ३१ गते सम्पन्न गर्नका लागि तोकिएको नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित

काठमाडौं । आगामी भदौ २९ देखि ३१ गते सम्पन्न गर्नका लागि तोकिएको नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित भएको छ ।
 संघका केन्द्रिय अध्यक्ष रञ्जित कर्णले आज एक विज्ञप्ती प्रकाशित गरी महाधिवेशन स्थगित गरेको जनाएका छन् ।
 केही जिल्ला, विश्वविद्यालय तथा क्यम्पसहरुमा अधिवेशन हुन नसकेको तथा आसन्न संविधान सभाको निर्वाचनका लागि माउ पार्टी नेपाली कांग्रेस नै प्रत्यक्ष र समानुपातीक उम्मेदवार छनोटमा लाग्नु पर्ने भएकाले पार्टीकै सल्लाह बमोजिम महादिवेशन स्थगित गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।
 अधिवेशन हुन नसकेका स्थानमा यथासक्य सम्पन्न गर्न पनि विज्ञप्तीमा भनिएको छ ।
समाचार स्रोत: नेपाली संचारमाध्यम