डोटी, । नेकपा-माओवादीसहितका ३३ दलले सर्वदलीय गोलमेचसभा मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्ने माग राख्दै आज मध्य तथा सुदूरपश्चिम बन्दको आह्वान गरेका छन् । बन्दले बाँके, बर्दिया, डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । मोर्चा बिहीबार काठमाडौं उपत्यकासहित पूर्वाञ्चल बन्द गराएका थिए ।
वर्तमान सरकार गठन हुँदाको सहमति र संविधान संशोधनको खारेजी, गोलमेच सम्मेलन मार्पmत राजनीतिक सहमति, सर्वदलीय सरकार गठन लगायतका १८ बुँदे मागलाई ४ दल र सरकारले बेवास्ता गरेको भन्दै ३३ दलीय मोर्चा आन्दोलनमा उत्रिएको हो ।