काठमाडौं । फेरि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादी सहमत भए मंसिरभित्रै निर्वाचन गर्ने गरी नयाँ मिति घोषणा गर्न सकिने बताएका छन् ।
आज राजधानीमा नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठनको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दे दाहालले नेकपा-माओवादीसहितका ३३ दलललाई निर्वाचनमा सहभागी गराउन अन्तिम प्रयास भइरहेको र मंसिरभित्रै निर्वाचन गर्ने गरी अर्को मिति तोक्न सकिने बताए ।
सोही कार्यक्रममा एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले बहुमत ल्याए मात्र संविधान बन्ने दाबी गरे । केही सञ्चारमाध्यमले आफूहरुविरुद्ध गलत प्रचार गरेको भन्दै उनले पार्टीको पक्षमा कलम चलाउन बुद्धिजीवीहरुलाई आग्रह पनि गरे ।
दुई दिनसम्म चल्ने एकीकृत माओवादी निकटका बुद्धिजीवीहरुको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
यता, आजै राजधानीमा मगर मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चुनाव भाँड्नका लागि विभिन्न शक्तिले षड्यन्त्र गरिरहेको भन्दै त्यसका विरुद्ध खवरदारी गर्न सबैलाई आग्रह गरे ।
तीन दिनसम्म चल्ने मोर्चाको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
यसअघि मोर्चाका अध्यक्ष रहेका सन्तोष बुढामगर पार्टी विभाजनसँगै नेकपा