“साँच्चै हो रहेछ”

बाबु रोका मगर”अपरिचित” 
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
साँच्चै हो रहेछ मेरो जिजुबाले भनेको 
कुनै समय यस्तो दिन आउनेछ एकले अर्कोलाई फसाउन जाल बुनेको |
साँच्चै हो रहेछ मेरो जिजुमाले भनेको 
मानो-पाथिले होइन खानु पर्छ रे तुलोमा जोखेको |
साँच्चै हो रहेछ मेरो हजुरबाले भनेको 
हाम्रो देश नेपाल लाई सती ले सरापेको | 
साँच्चै हो रहेछ मेरो हजुरमा ले भनेको
तिमीहरुले भोग्ने छै बाबै छुराको धार मा हिंडेको |
साँच्चै हो रहेछ मेरो बाबाले भनेको 
देश बनाउन लडाईं झगडा होइन हुनु पर्छ सबै मिलेको |
साँच्चै हो रहेछ मेरो आमाले भनेको 
राम्रो हुन्छ रे देश शान्तीको अग्रदुत बुद्द ले बनेको |
नेपालीहरुको रोजाइ मा पर्न सकेनन मेरो बुद्द भगवान 
त्यसैले नै होला नेपाल र नेपालीहरुको भईरहन्छ जहाँ पनी अपमान |