अख्तियारद्धारा विद्युत प्राधिकरणको ट्रान्सर्फमर खरिद प्रकरणमा २२ लाई विपक्षी बनाई विशेष अदालतमा मुद्दा दायर

– कृष्ण ज्ञवाली

 

काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग विद्युत प्राधिकरणको ट्रान्सर्फमर खरिद प्रकरणमा २२ लाई विपक्षी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

आयोगले गुणस्तरहीन ट्रान्सर्फमर खरिद गरेको आरोपमा ४६ करोड रुपैंयाँ बिगो माग गरी मुद्दा दायर गरेको हो ।


समय अभावको कारण आरोपितहरुको आइतवारदेखि मात्रै बयान सुरु हुने भएको छ । ४ जना आरोपितहरु फरार रहेको अख्तियारले जनाएको छ ।

 

थाइल्याण्डको सहवन्त कम्पनीबाट खरिद गरिएको ट्रान्सर्फमर मापदण्ड अनुसार नभएको र न्यून गुणस्तरको रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।