भारतमा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा

नयाँदिल्ली  । भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले हिजो कट्टर हिन्दूवादी नेता नरेन्द्र मोदीलाई आगामी वर्ष हुने संसदीय निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पर्टी अध्यक्ष राजनाथ सिंहले पार्टीको नेताहरुको बैठकपछि पत्रकार सम्मेलन गरी मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको घोषणा गरे ।
 यो निर्णयपछि ६२ वर्षीय मोदी एक दशकसम्मको राजनीतिक उतार चढावपछि पार्टीका आधिकारिक सर्वाेच्च कमान्डर बनेका छन् । यसअघि मोदीलाई सन् २०१४ का लागि पार्टीका तर्पmबाट निर्वाचन अभियानको नेतृत्व दिइएको थियो । 
यो निर्णयप्रति वरिष्ठ नेता लालकृष्ण आडवाणीले असन्तुष्टी जनाउँदै राजनीमासमेत दिएका थिए । भने अर्का नेता मुरलीमनोहर जोशीको पनि असन्तुष्टी थियो । अहिलेपनि आडवाणीको असन्तुष्टी कायमै रहेको बताइएको छ । यद्यपि, मोदीलाई प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार बनाउनुअघि पनि थुप्रै बैठकहरु गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 
मोदीले तीन पटकसम्म गुजरातलाई नेतृत्व प्रदान गरिसकेका छन् । मोदीभन्दा निकै कान्छा ४३ वर्षीय राहुल गान्धीलाई सत्ताधारी कंग्रेस पार्टीले मनमोहन सिंहपछि प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको छ । अभिमत सर्वेक्षणमा कंग्रेस पार्टीको सरकार आर्थिक मन्दी तथा भ्रष्टाचारका कारण निकै अलोकप्रिय देखिएको छ । लोकप्रियतामा मोदी अगाडि देखिएका छन् ।
Agencies