नयाँदिल्ली । भारतको उडिसा राज्यको मल्कानगिरी जिल्लामा प्रहरीसँगको मूठभेडमा १४ जना भारतीय माओवादी लडाकु मारिएका छन् ।
मारिनेमा एक जना महिला लडाकु पनि रहेकी छिन् ।
छत्तीसगढको सीमा नजिकको जंगलबाट उडिसा आइरहेका माओवादीसँग मूठभेड भएको प्रहरीले जनाएको छ । हालै मात्र उक्त जंगलमा माओवादीले १५ जना सुरक्षाकर्मीको हत्या गरेका थिए ।
भारतमा पछिल्लो समय सुरक्षाकर्मीलाई लक्षित गरि माओवादीहरुले आक्रमण तिब्र पारेका छन् ।
Agencies