संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियामा बशार अल असादको सत्ताले रासायनिक हतियार प्रयोग गरेको जबरजस्त प्रमाण राष्ट्रसंघको जाँच रिपोर्टमा रहेको दावी गरेका छन् ।
सार्वजनिक रुपमा भने आफैले प्रतिवेदन नहेर्दासम्म थप केही भन्न नसक्ने बानको भनाइ छ । यद्यपी, बानले असदले मानवताविरुद्ध थुप्रै अपराध गरेको प्रतिक्रिया भने दिए ।
यसविरुद्ध असदलाई जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि कूटनीतिक र शान्तिको मौका दिनुपर्ने उनको भनाइ छ ।
Agencies