नेकपा-माओवादीसहितका ३३ दलका बन्दकर्ताले वनेपामा बसमा आगो लगाए, बन्दले मध्य पहाडी र तराईका केही जिल्लाको जनजीवन प्रभावित
भाद्र ३० गते, २०७० मा प्रकाशित
बनेपा । नेकपा-माओवादीसहितका ३३ दलले सर्वदलीय गोलमेच सभामार्फत् राष्ट्रिय सहमति गर्नुपर्ने माग राख्दै मध्य पहाडी र तराईका केही जिल्ला बन्द गराएका छन् । बन्दबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, नुवाकोट, धादिङ, चितवन, बारा, पर्सा, रौतहट सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लामा यातायात, बजार र शैक्षिक संस्था चल्न दिइएको छैन ।
एम्बुलेन्स, प्रेस, कूटनीतिक नियोग, मानवअधिकारबादी संघसस्था, अस्पतालका सवारी साधन, पानी र दूध बोक्ने ट्याङकर भने चलेका छन् । वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्गकै कतिपय स्थानमा पनि गाडी चल्न दिइएको छैन । काभ्रेको बनेपा, नुवाकोटको बिदुर र दोलखाको चरिकोटमा बन्दको बिरोध गर्दै स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् ।
बन्दकर्ताले वनेपामा एउटा बसमा आगो लगाएका छन् । काभ्रेमै बन्दकर्ताले अरनिको टेलीभिजनका पत्रकार देवराज केसीमाथि कुटपिट गरेका छन् । उनको मोटरसाईकल र एउटा गाडीमा पनि क्षति पु