पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको माथिल्लो दीर क्षेत्रमा बारुदी सुरुङ विष्फोटमा परी दुई जना वरिष्ठ सैन्य अधिकृत मारिएका छन् । पाकिस्तानी सेनाका प्रवक्ताले मारिने सैनिकहरुमा मेजर जनरल सनाउल्लाह र लेफ्टिनेन्ट कर्णेल तौसीफ रहेको जानकरी दिएका छन् ।
उनीहरु पाकिस्तान र अफगानिस्तानको सीमामा बनेको सैन्य चेक पोष्टको निरिक्षणका क्रममा रहेका थिए । घटनाको समयमा अफगानिस्तानबाट पाकिस्तान प्रवेश गर्न लागेका एक सय भन्दा बढी लडाकु र गस्तीमा रहेका पाकिस्तानी सेनाबीच भिडन्त पनि भएको थियो ।