काठमाडौं । नेकपा-माओवादीका सचिव देव गुरुङले ठूला दलका नेताहरु विदेशीको पैसाबाट सञ्चालित भएको आरोप लगाएका छन् । भारतले नेपालमा आपूm अनुकुलको संविधान चाहेको भन्दै उनले यसैका लागि दलहरु जबर्जस्ती चुनावमा जान खोजेको जिकिर गरे ।
राजधानीमा आज राष्ट्रिय दलित मुक्ति मोर्चाले गरेको कार्यक्रममा गुरुङले विदेशीकै इशारामा मुलुकमा दलीय प्रणाली, अन्तरिम संविधान र न्यायपालिका ध्वस्त बनाइएको दाबी पनि गरे ।
कार्यक्रममा विभिन्न पार्टी आबद्ध दलित नेताहरुले आगामी संविधानमा दलितको हक, अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।
RSS