दशै मनाउन घर जानेका लागि आजदेखि काठमाडौंमा बसको टिकट अग्रिम रुपमा खरिद गर्ने क्रम सुरु


 

काठमाडौं  । दशै मनाउन घर जानेका लागि आजदेखि राजधानी काठमाडौंमा बसको टिकट अग्रिम रुपमा खरिद गर्ने क्रम सुरु भएको छ ।

 

राजधानीका १२ स्थानमा टिकट बुकिङ गरिने भएको छ । टिकट काट्न झन्झट नहोस् भनेर १२ स्थानमा काउन्टरको व्यवस्था गरिएको र ती काउन्टरमा टिकट बिक्री गर्न परिचयपत्र लगाएका व्यक्ति खटिनेछन् ।

 

परिचयपत्र लगाएका व्यक्तिबाट मात्र बसको टिकट काट्न यातायात व्यवस्था विभाग, यातायात व्यवसायी , महानगरीय ट्राफिक प्रहरी महाशाखा र प्रहरीले अनुरोध गरेका छन् ।

 

विभागले काउन्टरमै बसको रुट अनुसार भाडादरको सूची पनि टाँसेको छ । प्रहरीका अनुसार सुन्धारा, पुरानो बसपार्क, नयाँ वसपार्क , गौशाला, तिलगंगा ,कोटेश्वर , स्वयम्भू, कलंकी , नागढुंगा, बल्खु, ग्वार्कोमा नागरिक सहायता कक्ष राखिनेछन् ।

 


स्रोत : नेपाली संचारमाध्यम