गत बर्ष दुर्घटनाग्रस्त भएको इटलीको बिशाल पानी जहाज कोस्टा कोनकोर्डिया जहाजलाई सिधा पारेर समुद्री तटमा ल्याइएको छ ।
चट्टानमा ठोकिएको उक्त जहाज सीधा पार्न २० महिनको समय लागेको त्यहाँका इन्जिनियरहरुले जानकारी दिएका छन् । १ लाख १४ हजार टनको यो जहाज गत बर्षको जनवरी महिनानमा टस्कन द्धीपको जिलियो तटमा दुर्घटना भएको थियो ।
दुर्घटना पछी कोल्टे परेको जहाज सीधा पार्न सयौंको संख्यामा इन्जिनियरहरु खटेका थिए । जहाजलाई समुद्री तटसम्म पुर्याउन ६० करोड युरो खर्च भएको बताईको छ । दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो । उक्त पानी जहाजका चालकमाथि जहाज छोडी भागेको आरोपमा मुद्दा चलाईएको छ ।
Agencies