अमेरिकाको वासीङ्टनस्थित नेभी यार्डमा गोली हान्ने ब्यक्ती मानसिक रोगी भएको पुष्टी भएको छ । मानसिक रोग प्यारानोइया लागेका ३४ बर्षिय आयरन अलेक्सीस महिनौंदेखि चिकित्सकको निगरानीमा रहेको खुलासा भएको हो । गोलीबारीकै क्रममा अलेक्सीस प्रहरी कारवाहीमा मारिएका छन् । टेक्ससका वासिन्दा अलेक्सीस अमेरिकी जलसेनाका पुर्व जवान भएको बताईएको छ ।
सन् २००७ देखि २०११ सम्म अमेरिकी जलसेनामा काम गरेका अलेक्सिससँग वासीङ्टन नेभी यार्डको अस्थायी प्रवेश पास रहेको बताईएको छ । आक्रमणको बेला उनीसँग दुईवटा पेस्तोल रहेको बताईएको छ । ती मध्ये एउटा उनको नीजि पेस्तोल रहेको र अर्को पेस्तोल नेभी यार्डकै सैनिकसँग खोसेको हनुसक्ने अनुमान गरीएको छ ।
मानसिक रोगबाट ग्रस्त अलेक्सिसले पछिल्लो समय दुई पटक आफु बसेको होटलबाट प्ररीलाई फोन गरी आफुले अनौठो आवाज सुन्ने गरेको र केही व्यक्तिहरुले आप्mनो पिछा गर्ने गरेको बताएका थिए । तर प्रहरीले यसबारे अध्ययन गर्दा केही प्रमाण फेला पर्न सकेको थिएन ।
Agencies