पाँचथरमा एमालेकै दुई भातृ संगठन युवा संघ र अनेरास्ववियुबीचको विवादले उग्र रुप

पाँचथर । पाँचथरमा एमालेकै दुई भातृ संगठन युवा संघ र अनेरास्ववियुबीचको विवादले उग्र रुप लिएको छ । विवादको क्रममा युवा संघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप समेत भएको छ । 
अनेरास्ववियुको २१ औ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटको विषयमा विवाद बढेपछि झडप भएको हो । अनेरास्ववियुको एक पक्षले जर्बजस्ती निर्णय गर्न खोजेको भन्दै युवा संघका कार्यकर्ताले विरोध जनाएपछि झडप भएको थियो । 
त्यसक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, पाँचथर जिल्ला कमिटी अध्यक्ष अनिता राई, उपाध्यक्ष राजु थाम्सुहाङ, सचिव मदन रिजाल लगायत घाइते भएका छन् । 
झडपको क्रममा एमाले पार्टी कार्यालयमा समेत सामान्य तोडफोड भएको छ । युवा संघका जिल्ला अध्यक्ष नरवहादुर गुरुङको नेतृत्वमा आएको टोलीले आफूहरुमाथि आक्रमण गरेको अनेरास्ववियूका जिल्ला कमिटी उपाध्यक्ष राजु थाम्सुहाङले बताए । 
तर, युवा संघका अध्यक्ष गुरुङले भने एकपक्षीय निर्णय गर्न खोजेको भन्दै विरोध जनाएपछि आफूहरुमाथि नै आक्रमण भएको दाबी गरे । 
RSS, IMAGECHANNEL