नेकपा-माओवादी नेतृत्वको मोर्चाको चुनाव बिथोल्ने हैसियत नरहेको एकीकृत माओवादीका पुष्पकमल दाहालको भनाई

सिन्धुली । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गतेको चुनावका लागि सम्पूर्ण आधार तयार भइसकेको बताएका छन् । 
आज सिन्धुलीमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएपछि संविधानसभा चुनाव सम्बन्धी कुनै पनि राजनीतिक र कानूनी जटिलता नरहेको दाबी गरे । 
नेकपा-माओवादी नेतृत्वको मोर्चाले चुनाव बिथोल्ने प्रयास गरेपनि उनीहरुसँग चुनाव बिथोल्ने हैसियत नरहेको दाहालको भनाई थियो । 
RSS