नेपालगञ्ज । लागूऔधष ब्राउन सुगरसहित पक्राउ परेका नेपालगञ्ज मेडिकल कलेजका प्रशासकीय अधिकृत अरबिन्द शर्मालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
पुष्पलाल चोकबाट ब्राउनसुगर ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ परेका शर्माको साथबाट प्रहरीले करिब ५० ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
पछिल्ला दिनहरुमा अस्पताल र शिक्षण संस्थाहरुबाटै लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा अभियुक्त शर्मामाथि प्रहरीले निगरानी गर्दै आएको भेरी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक मधुप्रसाद पुडासैनीले जानकारी दिए ।
– स्रोत: नेपाली संचारमाध्यम