राजधानी काठमाडौंमा पुनः बर्डफ्लु

काठमाडौं – राजधानी काठमाडौंको काभ्रेस्थली गाविस-५ स्थित भ्याली पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि बुधबार संक्रमित कुखुरा, चल्ला र अन्डा नष्ट गरिएको छ ।

 

उक्त फार्मबाट १३ हजार ४ सय ३९ कुखुरा, २३ सय किलोग्राम दाना र २२ हजार ८ सय ८१ अन्डा नष्ट गरिएको हो ।


काठमाडौं पशु सेवा कार्यालयका प्रमुख डा. बोलराज आचार्यका अनुसार बालाजु औद्योगिक क्षेत्रमा रहेको उक्त ब्रोइलर फार्मको आफ्नै ह्याचरीका २२ हजार ३२ चल्ला र एक लाख ५९ हजार ९ सय अन्डासमेत नष्ट गरिएको छ ।

 

गत भदौ २० गते काठमाडौंको संक्रमित क्षेत्रका व्यावसायिक कुखुरा बर्डहरूबाट कुखुरा मार्ने काम सकिएको थियो । यसपछि पुनः भदौ ३० गते गोकर्ण र कपनमा बर्डफ्लु देखिएको थियो ।

 

RSS