भारतीय प्रहरीले बुधबार बिहान बर्दियाको गुलरियास्थित मन्जुरकुमार श्रेष्ठको घरमा छापा मारेको घटनाका बारेमा अनुसन्धान भइरहेको भारतीय दुतावासले जनाएको छ ।
नेपालस्थीत भारतीय दुतावासले आज एक बिज्ञप्ती जारी गर्दे नेपाली भूमीमा छापा मार्ने आफ्नो नियत नभएको भन्दै उक्त घटना साँचो ठहरीए सम्बन्धितलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।
बिज्ञप्तीमा भनिएको छ, अनुसन्धानको दायरामा रहेको बर्दिया घटना सहि साबित भए कारवाही गरिने छ ।
गत बुधबार भारत बहराइच, गोन्डा र खिरी जिल्लाबाट आएका बर्दीधारी तथा सादा पोसाकका प्रहरीले अभियुक्त लुकेको अनुमानमा श्रेष्ठको घरमा छापा मारेका थिए ,टोलीमा बहराइचका सुभाष चन्द, उपयप्रताप, जयप्रकाश, गोन्डाका रामकुमार लगायतथिए।
विज्ञप्ति: