सुनसरी । नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले सेना परिचालन गरेर चुनाव गराउने सपना नदेख्न चार दललाई चेतावनी दिएका छन् ।
३३ दलले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा थापाले सुरक्षाको जतिसुकै घेरा बनाएपनि त्यसलाई परास्त गर्ने र जबर्जस्ती गर्न खोजे रेग्मी सरकारलाई समाप्त पार्ने बताए ।
दलीय सरकार गठन नहुन्जेलसम्म ३३ दलको आन्दोलन नरोकिने भन्दै उनले चुनावमा उठ्ने उम्मेदवार र मत पेटिकालाई ठेगान लगाउन कार्यकर्तालाई निर्देशन दिए ।
स्रोत: नेपाली संचारमाध्यामहरु