जनकपुरकी पत्रकार उमा सिंहको हत्याको मूख्य योजनाकारलाई पक्राउ

पत्रकार उमा सिंहको हत्यारा सार्वजनिकजनकपुर । जनकपुरकी पत्रकार उमा सिंहको हत्याको मूख्य योजनाकार उमेश यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

धनुषाको बलहासघारा गाविस वडा नम्बर १ निवासी यादवलाई नेपाल प्रहरीको विशेष टोलीले दुई दिनअघि कैलालीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

उमा सिंहको हत्यापछि फरार रहँदै आएका यादव धनगढीको सीमावर्ती क्षेत्रमा लुकेर बसेको सूचनाको आधारमा टोली परिचालन गरी पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले हामीलाई जानकारी दिए ।


तराई एकता परिषद् नामको भूमिगत संगठनको अध्यक्ष समेत रहेका यादव थुप्रै हत्या, लुटपाट लगायतका आपराधिक घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।


हत्यामा संलग्न रहेका उमा सिंहकी भाउजु ललिता सिंह र डाँकु नेमलमल पासवान ३ वर्षअघि नै पक्राउ परेका थिए भने उनीहरुलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ ।


२०६५ साल पुस २७ गते साँझ जनकपुरको रझौलस्थित डेरामा पत्रकार उमा सिंहको हत्या भएको थियो ।

 

RSS, IMAGECHANNEL