युरोप फाउन्डेशनले अर्घाखाँचीको सन्धिखर्कमा सम्पूर्ण सेवा सुविधा सहितको अस्पताल निर्माण कार्य शुरु गर्ने

सन्धिखर्क / काठमाडौं । युरोप फाउन्डेशनले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक सम्पूर्ण सेवा सुविधा सहितको अस्पतालको निर्माण कार्य शुरु गर्ने भएको छ।


आगामी वर्ष सन् २०१४ को मध्यबाट शुरु गरिने उक्त अस्पताल परियोजनाको फाउन्डेशनले सहमती जनाइसकेको र प्रोजेक्ट अध्ययन प्रकृयामा रहेको उक्त फाउन्डेशनकी जोल्यान्डा उबेदाले बताइन ।


साथै आकश्मिक कक्ष बाहेक शुरुमा ५०, ६० वेडसम्म बनाउने लक्ष लिएको उक्त फाउन्डेशनले निर्माणको प्रकृयामा अन्तरराष्ट्रिय प्रविधीलाई ध्यान दिने बताएको छ। भने पछि भविष्यमा बढ्दो जनसन्ख्या अनुसार क्रमश ५०, ६० वेडबाट माथि थप गर्न सकिने उल्लेख छ।  


यसैगरी अहिले अर्घाखाँचीमा सामान्य बाहेक अप्रेशनको लागि विरामीहरु बुटवल, काठमाडौं जान वाध्य छन।


यसैक्रममा यसअघि उक्त युरोप फाउन्डेशनका फाउन्डर एवम प्रमुख सप्पन के.सीले नेपाल बसाईको क्रममा जिल्लामा एक सुविधा सम्पन्न आवश्यक रहेको र सक्दो सहयोग गर्ने चाहना व्यक्त गरेका थिए ।


साथै के.सीले नेपालमा रहेको बेला जिल्लाका सरोकारवाला व्यक्तिहरुसँग भेटघाट समेत गरेका थिए।


उता आगामी मंसिर ४ गते हुन गईरहेको संविधानसभा निर्वाचन अनुगमन पर्यवेक्षणको लागि अन्तरराष्ट्रिय शान्तिको क्षेत्रमा काम गर्दै आएको उक्त युरोप फाउन्डेशन समेत सहभागी हुने भएको छ। सोको लागि फाउन्डर के.सी दसैं, तिहार सम्म नेपाल आउने भएका छन।

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु