पाकिस्तान । पाकिस्तानमा गरिबीका कारण बाबुले दाइजो दिन नसकेर विवाह गर्न नसकेपछि एकै परिवारका चारजना छोरीले आत्महत्या गरेका छन् । पाकिस्तानको पञ्जाव प्रान्तबाट दक्षिणी भागमा पर्ने माइल्सीमा रहने उनीहरु बाबुले विवाहमा दाइजो दिन नसकेपछि आत्महत्या गर्न बाध्य भएको बताइएको छ ।
दाइजो दिन सक्ने अवस्था नभएपछि चार छोरीको पटकपटक कुरा चलेपनि विवाह हुन नसक्दा हिजो उनीहरुले सामूहिक आत्महत्या गरेका हुन् । आत्महत्याबारे बाबुलाई जानकारी गराएरै उनीहरु सामूहिक रुपमा नहरमा हाम फालेका थिए ।
बासिर अहमद राजपुत नाम गरेका व्यक्तिका हाम फाल्ने मध्ये ३१ वर्षीया कान्छी छोरीलाई भने जिवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरु ३५ देखि ४५ वर्ष समूहका रहेको एएफपीले जनाएको छ । दाइजो प्रथा पाकिस्तानी गरिब समुदायमा काल बन्ने गरेको छ ।
AGENCIES