दशैं मनाउन राजधानीबाट घर फर्किनेहरुले बसको अग्रिम टिकट खरिद गर्न नपाएको गुनासो

काठमाडौं । दशैं मनाउन राजधानीबाट घर फर्किनेहरुले बसको अग्रिम टिकट खरिद गर्न नपाएको गुनासो गरेका छन् । राजधानीका नयाँबसपार्क, कलंकी, सुन्धारा लगायतका १२ स्थानमा अग्रिम टिकट लिने ब्यवस्था गरिएको छ तर सर्वसाधारणले सहज रुपमा टिकट पाउन नसकी सास्ती ब्यहोर्नु परेको बताएका छन् ।


टिकट बुकिङ खुला भएको दोस्रो दिनमै बसपार्क आउदा समेत टिकट नपाएको सर्वसाधारणको भनाई छ ।


यता, यातायात व्यवसायीले भने यात्रुहरुलाई सहज रुपमा टिकट उपलब्ध गराएको दावी गरेका छन् । बसको संख्या नपुगेर यात्रुहरुले टिकट नपाएको खण्डमा बसको संख्या पनि बढाउने यातायात व्यवसायीको भनाई छ ।


काठमाडौंबाट दशैंको समयमा जिल्ला जाने यात्रुहरुको चापलाई मध्यनजर गरेर यातायात व्यवस्था विभागले आश्विन एक गतेदेखि अग्रिम टिकट लिने ब्यवस्था गरेको छ ।
 
अग्रिम टिकट खरिदमा ठगीका घटना हुन नदिन प्रहरीले नागरिक सहायता डेक्स समेत स्थापना गरेको छ ।

 

RSS, IMAGECHANNEL