क्यान्सरपीडित चिकित्सक चित्रप्रसाद वाग्लेद्धारा थप उपचारका लागि विदेश जान आर्थिक सहयोगको आहृवान

Dr chitra pd wagle 2काठमाडौं । क्यान्सर रोगका विरुद्धमा जुधिरहेका चिकित्सक चित्रप्रसाद वाग्लेले आफ्नो रोगका विरुद्ध थप उपचारका लागि विदेश जानु परेकाले सहयोगी मनका हातलाई आहृवान गर्नुभएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका विभिन्न अस्पतालमा रही सेवा गरिराखेका चिकित्सक वाग्लेले अध्ययनका क्रममा थाइल्याण्डमा रहँदा करिब एक वर्ष अगाडि क्यान्सर भएको पत्ता लागेको थियो । त्यहाँबाट भारतमा पुगी उपचार गरेका चिकित्सक वाग्लेको थप उपचारका लागि अमेरिका जानुपर्ने भएकाले अहिले आर्थिक समस्या देखिएको हो ।