काठमाडौं । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्धारित मितिमै सरकारले शान्तिपूर्ण रुपमा निर्वाचनसम्पन्न गर्ने दृढता देखाएका छन् । मुलुकको स्थायित्वका लागि निर्वाचन एक मात्रै विकल्प भएको भन्दै उनले स्वच्छ, धाँधलीरहित निर्वाचन गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रष्ट गरे ।
३४औं सामाजिक सेवा दिवसका अवसरमा समाज कल्याण परिषदले गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले सबैलाई निर्वाचनमा क्रियाशील भएर लाग्न आग्रह गरे । सामाजिक काममा पारदर्शीता र स्वच्छता आवश्यक भएको भन्दै उनले उद्देश्य अनुसारको काम गर्न सरकारी र गैरसरकारी संघसंस्थालाई आग्रह गरे ।
कार्यक्रममा एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कारबाट अन्धा कल्याण संघलाई सम्मान गरियो भने समाज सेवा पुरस्कारबाट समाज सेवामा लागेका सात जनालाई पुरस्कृत गरिएको थियो । दिवसको अवसरमा विभिन्न संघ संस्थाले