राष्ट्रपति यादवद्धारा चुनावमा सेना परिचालनका लागि सरकारले गरेको सिफारिसमा प्रक्रिया नमिलेको भन्दै सच्याउन आग्रह

काठमाडौ  – राष्ट्रपति रामवरण यादवले सेना परिचालनका लागि सरकारले गरेको सिफारिसमा प्रक्रिया नमिलेको भन्दै सच्याउन आग्रह गरेका छन् । आज विहान राष्ट्रपति यादवलाई भेट्न शितलनिवास पुगेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग यादवले यस्तो आग्रह गरेका हुन् ।


संवैधानिक व्यवस्थाका कारण चुनावमा सेना परिचालन गर्न नमिल्ने भन्दै राष्ट्रपतिले रेग्मीलाई बाधा अड्काउ फुकाउको सिफारिस गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । संबिधानमा प्राकृतिक विपत्तिबाहेकको अवस्थामा सेना परिचालन गर्न नमिल्ने व्यवस्था छ ।


‘सरकारले गरेको सिफारिसमा केही अड्चन देखियो’, दाहालले भने,’प्रक्रिया पुर्याएर ल्याउन आग्रह गरिएको छ ।’
सरकारले आगामी निर्वाचनको सुरक्षाको लागि सेना परिचालन गर्न बुधबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

EKANTIPUR