केन्याको नैरोबीस्थित सपिङ मलमा बन्धक बनाएका ब्यक्तिहरुलाई मुक्त

केन्या  । केन्याको राजधानी नैरोबीस्थित सपिङ मलमा बन्दुकधारीहरुले बन्धक बनाएका ब्यक्तिहरुलाई मुक्त गराउने क्रम जारी छ । घटनामा ६८ जनाले ज्यान गुमाएका छन् भने अझै केही ब्यक्तिलाई बन्दुकधारीहरुले बन्धक बनाईरहेका छन् । केन्या सरकारले मलमा बन्धक बनाईएका धेरैलाई मुक्त गरिसकिएको जनाएको छ । 
सोमालियाका अल सबाब विद्रोहीले सो मलमा सर्वसाधारणलाई बन्धक बनाई छानी छानी हत्या गरेका थिए । उनीहरुले पश्चिमी देशका पर्यटकहरुलाई बढी निशाना बनाएको बताइृएको छ । घटनामा ४ बेलायती र २ भारतीइ पनि मारिएको पुष्टि भएको छ । 
चार र्सैनिकसहित १ सय ७५ जना घाईते भएका छन्। सैनिक कारबाही र खोजी कार्य जारी रहेकाले मर्नेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । यसैबीच अमेरिका र बेलायतले सपिङ मल आक्रमणलाई बर्बरताको संज्ञा दिदै निन्दा गरेका छन् । पश्चिमा देशहरुले केन्या भ्रमण असुरक्षित रहेको भन्दै आफ्ना नागरिकहरुलाई भ्रमण नगर्न सूचना जारी गर्ने तयारी गरेका छन् ।
AGENCIES