काठमाडौं । लामो विवादपछि नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले दर्जन बढी सदस्य रहेको संसदीय समिति गठन गरेको हो ।
पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच सहमति बनेपछि समिति गठनका लागि केन्द्रीय समिति बैठक बसेको हो ।
सहमति अनुसार देउवा पक्षका पूर्णबहादुर खड्कालाई सहमहामन्त्री नियुक्त गरिएको छ । पार्टी सभापति कोइरालाको नेतृत्वमा गठन गरिएको समितिमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडल, महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह, कोषध्यक्ष चित्रलेखा यादव र सहमहामन्त्री खड्का रहेका छन् ।
त्यस्तै कुलबहादुर गुरुङ, विमलेन्द्र निधी, शशांक कोइराला, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुननरसिंह केसी, दिलेन्द्र वडू, पद्मनारायण चौधरी, आनन्द ढुंगाना, सुजाता कोइराला र फर्मुल्ला मन्सुर पनि बोर्डमा रहेका छन् ।