ईरान । ईरानको परमाणु कार्यक्रमका बिषयमा छलफल गर्न यही साता संयुक्त राष्ट्रसंघमा बैठक बस्दैछ । छ राष्ट्रका बिदेशमन्त्रीहरुको बैठकमा सहभागिता रहने छ ।
तीन बर्षको प्रयासपछि अमेरिकी पहलमा पहिलोपटक बैठक बस्न लागेको हो । इरानको परमाणु कार्यक्रममा बिषयलाई लिएर पश्चिमा राष्ट्रहरुसंग सम्बन्ध बिगे्रको ईरानले बैठकमा आफनो परमाणु कार्यक्रमबारे खुलस्त पार्ने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
परमाणु कार्यक्रमका बारेमा अमेरिकासंगको सम्बन्ध बिस्तार गर्ने उद्देश्यले इरानका राष्ट्रपति हसन रुहानी बैठक गर्न तयार रहेका हुन् । यसअघि रुहानीले परमाणु कार्यक्रम हाललाई स्थगीत गर्ने निर्णय गरेको जानकारी दिंदै इरानको परमाणु कार्यक्रम बारे स्पष्ट हुन पश्चिमा राष्टहरुलाई सुझाव दिएका थिए ।
Agencies