क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दलदले बजारमा सडक अबरुद्ध

नवलपरासी । सवारी दुर्घटनामा ज्यान गुमाएकाहरुका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दलदले बजारमा सडक अबरुद्ध पारेका छन् ।
यसले गर्दा थुप्रै सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । क्षतिपूर्तिका लागि यातायात व्यवसायी वार्तामै नआएकाले मृतकका आफन्तहरु आक्रोसित भएका हुन् ।
 हिजो प्रगतिनगरमा माईक्रोको ठक्करबाट मोटरसाईकलमा रहेका एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । 
श्राद्धका लागि माईतमा आएकी छोरी र नातिलाई घर पु-याउन मोटरसाईकलमा जाँदै गर्दा रामप्रसाद भुषाल, उनकी छोरी लक्ष्मी तिवारी र नाति युगलको घटनास्थलमै मृत्यु भएको हो ।
RSS