प्रकाश तिमल्सिना, नागरिकन्युज
काठमाडौं – नेकपा-माओवादीका केन्द्रीय सदस्य महेन्द्र पासवानले पार्टी परित्याग गर्ने भएका छन्। केही समयपछि मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गर्न लागेका पासवानले बताए।
‘पार्टी परित्याग गरी कतै जान लागेको होइन, नयाँ पार्टी घोषणा गर्दैछु’ पासवानले भने, ‘एकीकृत माओवादीतिर जाने कुरा छैन, नेकपा-माओवादी (बिद्रोही) घोषणा गर्दैछु।’ उनका अनुसार तीन बजे पत्रकार सम्मेलनमार्फत नयाँ पार्टी घोषणा हुनेछ ।
मधेसको आन्तरिक पार्टी संघर्षमा मोहन वैद्य र नेत्रविक्रम चन्दका दाहिने हात मानिने पासवानको पार्टी परित्यागलाई अर्थपुर्ण रुपमा हेरिएको अर्का नेताले बताए । उनले थप कुरा ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए।