इस्लामावाद । पाकिस्तानको बलुचिस्तानमा हिजो गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनको संख्या २ सय ५० नाघेको छ । भूकम्पपछि ग्वाडार बन्दरगाह नजिकै एउटा नयाँ टापु देखा परेको छ । भूकम्पमा परी ३ सय ४० जना घाईते भएका छन् ।
मारिनेमा बढी महिला र बालबालिका छन् । सरकारी कार्यालय, विद्यालय र घरहरु क्षतिग्रस्त भएर भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ ।
अवारान जिल्लामा ९० प्रतिशत घर भत्किएको सरकारी अधिकारीको भनाइ छ । सुदूर दक्षिण पश्चिमी क्षेत्रमा गएको उक्त भूकम्प ७ दशमलव ७ म्याग्नेच्यूट मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
ग्रामीण क्षेत्रका घरहरुमा मानिस पुरिएको आशंका गरिएको छ । उद्दार तथा राहत तीव्र पारिएको प्रहरीले जनाएको छ ।