राष्ट्रिय जनमोर्चाद्धारा संविधानसभा निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक

काठमाडौ  – राष्ट्रिय जनमोर्चाले संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५० जना उम्मेदवारको नाम बुधबार सार्वजनिक गरेको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा हिजो सम्पन्न बैठकले उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो । केसी भने प्रत्यक्षतर्फ छैनन् ।
मोर्चाले लालबहादुर जाग्री (डडेलधुरा क्षेत्र नं. १), मनोज भट्ट (मनिराज भट्ट (डोटी क्षेत्र नं. २),  राजबहादुर चौधरी (कञ्चनपुर क्षेत्र नं. १),  कौशिलादेवी बोगटी (बैतडी क्षेत्र नं. २), नन्दराज भट्ट (कैलाली क्षेत्र नं. ५), खडकबहादुर राना थारू (कैलाली क्षेत्र नं. ६),  कल्पना भण्डारी (बझाङ क्षेत्र नं. १),  हर्कबहादुर रोका (डोल्पा),  राजबहादुर भाम (मुगु),  अग्निराज उपाध्याय (जुम्ला) र  बालकुमारी आचार्यलाई (बाँके क्षेत्र नं. १) बाट उम्मेदवार बनाएको छ ।
त्यसैगरी, निर्मला अर्याल (बर्दिया १),  कृष्णकुमारी रावल (सुर्खेत २),  मयाराम अधिकारी (दैलेख १), भरतबहादुर शाही (दैलेख २),  जयकृष्ण सञ्ज्याल (कालिकोट), आशा बुढा मगर (रूकुम १),  ओमबहादुर क्षेत्री (दाङ १),  शशिधर भण्डारी (दाङ २), कृष्णबहादुर खड्का (प्यूठान १),  वोमहादुर खत्री (प्यूठान २), जमानसिंह राना (गुल्मी १),  सोमकुमार कार्की (पाल्पा ३),  शिव पौडेल (कपिलवस्तु १),  इन्दल केवट (रूपन्देही १), गणेश गौतम (रूपन्देही ५),  होमनाथ आचार्य (नवलपरासी १), विकाराम चौधरी (नवलपरासी ३),  तिर्थसिंह थापा (बागलुङ १) र राजेन्द्र ढुङ्गानालाई (बागलुङ २) बाट उठाउने निर्णय गरिएको छ ।
त्यस्तै, धर्मबहादुर कुँवर (बागलुङ ३), राजेन्द्र गैरे (स्याङजा २),  शङ्करप्रसाद बराल (कास्की ४), घनश्याम खनाल (काठमाडौं १),  गोविन्दबहादुर थापा (काठमाडौ