सुडानमा पेट्रोलियम अनुदान कटौतीको विरोध प्रदर्शनमा २४ जना मारिए

सुडानमा पेट्रोलियम पदार्थमा दिइदै आएको अनुदान कटौतीको विरोधमा भएको प्रदर्शनमा २४ जना मारिएका छन् । 
राजधानी खारतुममा सरकारबिरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी उनीहरु मारिएका हुन् । 
प्रदर्शनकारीहरुले केही पेट्रोल पम्पमा आगजनी गर्नुका साथै सरकारी कार्यालयहरुमा तोडफोडसमेत गरेका छन् । 
राष्ट्रपति उमर अल बशीरको राजीनामा माग गर्दै भएको प्रदर्शनमा झडप हुँदा केही सुरक्षाकर्मी घाइते भएका छन् । हिंसा भड्केपछी विद्यालय र कलेजहरु बन्द गरिएका छन् । 
सरकारले पत्रपत्रिका प्रकाशनमा रोक लगाउनुका साथै इन्टरनेट सेवा पनि बन्द गरेको छ । सन् २०११ मा दक्षिण सुडान अलग भएपछी सुडानको अर्थब्यबस्था खस्कंदै जाँदा पेट्रोलियम पदार्थमा दिंइदै आएको अनुदान कटौती गरिएको छ ।
AGENCIES