बिवादास्पद छवि बनाएकी कतारको लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई नेपाल सरकारले फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
एमाओवादी कोटाबाट कतारी राजदूतमा नियुक्त भएकी शर्माले त्यहाँ रहेर कुटनीतिक मर्यादा विपरित कार्य गरेको भन्दै आलोचना हुने गरेको थियो ।
एमाओवादी कोटाबाट कतारी राजदूतमा नियुक्त भएकी शर्माले त्यहाँ रहेर कुटनीतिक मर्यादा विपरित काम गर्दै आएकी थिइन् । त्यहाँ रहँदा उनले नेपाली श्रमिकहरुको हक हितको पक्षमा काम गर्नु पर्नेमा उल्टै श्रमिकहरु विरुद्ध खनिँदै आएकी थिइन् ।
माओवादी कोटामा अठार महिना अघि नेपालीहरुको उल्लेख्य संख्या रहेको मुलुक कतारका लागि राजदूत भएकी शर्मा यसअघि पनि पटकपटक अशोभनिय व्यवहार देखाइसकेकि छिन्। आफ्नो क्रियाकलाप आलोचना गरेर लेख प्रकाशित गरेबापत एक नेपालीलाई फिर्ता पठाइदिन भनि उनले कतार सरकारले पत्र काट्ने काम समेत गरेकि थिइन।
झण्डैं ३० वर्ष खरिदार र नासु सरहको जागिर खाएकी शर्मा राजदूत नियुक्ति हुनुअघि कृषि विकास बैंककी शाखा अधिकृत थिइन्। माओवादी निकट ट्रेड यूनियन पदाधिकारी हुनुकै योग्यताले राजदूत हुन पाएकी यिनले नेपालमा नासुको जागिर गर्दागर्दै भारतको कुमाउ विश्वविद्यालयबाट पिएचडी उपाधि पनि पाएकी छिन्।
नेपालका लागि कतारी राजदूत अहमद जसेम अल हमारले परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र लेखेपछि उनलाई डाक्न सरकार र माओवादीलाई दवाव परेको थियो।
हमारले उनको निरन्तरता दुई मुलुकको मीत्रवत सम्बन्धमा अझ गिरावट आउने शंका व्यक्त गर्दै आवश्यक कदम चाल्न परराष्ट मन्त्री माधव घिमिरेलाई पत्र लेखेको हप्तौं भइसकेको थियो।
माओवादी केन्द्रिय समिति र अध्यक्ष प्रचण्डले उनलाई फिर्ता बोलाइसकेको भनि ‘हल्ला’ चलाएका छन्। सरकारले नियुक्ति गरेको व्यक्तिलाई माओवादी वा प्रचण्डलाई फिर्ता बोलाउने अधिकार हुन्न।
शर्माले हालैका अन्तर्वार्ताहरुमा यहिँ तथ्य पक्रेर तर्क गरिरहेकि थिइन्, ‘जुन पार्टीले सिफारिश गरेको भएपनि म नेपाल सरकारको नियुक्ति पाएको दूत हुँ। कुनै पार्टीले डाक्दैमा फिर्ता आउने कुरै आउन्न।’
माओवादी वा प्रचण्डले पनि यो बिधिबिधान नबुझेर उनलाई ‘फिर्ता’ बोलाएका हैनन होला। सरकारले भने शर्माबारे औपचारिक निर्णय लिएको छैन। यसअघि उनले बताउँदै आएको थिइन् ।
– सेतोपाटी