काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा किशोरविक्रम मल्ल निर्वाचित भएका छन् ।
काठमाडौंमा जारी २१ औँ महाधिवेशनबाट नेता केपी शर्मा ओली निकट मल्लले संस्थापन पक्षका लक्ष्मण लम्साललाई झिनो मत अन्तरले हराएका हुन् ।
उपाध्यक्षमा ऐन महर, दीपक गौतमर थोमस बास्तोला विजयी भएका छन्। त्यस्तै महसचिवमा नबिना लामा विजयी भएका छन्। सचिवमा भने महेश बर्तौला, हुसेन खाँ, राधिका खड्का, भक्त कुमारी लामा र सरोज यादव विजयी भएका छन्।
अध्यक्षमा निर्वाचित मल्ला २०४५ देखि अनेरास्ववियुका कमिटीमा आबद्ध रहँदै आएका छन्। एमाले निकटको अनेरास्ववियुका मल्ल केपी शर्मा ओली निकट मानिन्छन्।
– स्रोत: नेपाली संचारमाध्यमहरु