भारतको मुम्बईमा भवन भत्किंदा कम्तिमा ६ जनाको मृत्यु

मुम्बई । भारतको मुम्बईमा भवन भत्किंदा आज कम्तिमा ६ जनाको मृत्यु भएको छ । भग्नावशेषमा थुप्रै च्यापिएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
मुम्बईस्थित डकयार्ड रोडको बीएमसी कोलनी भत्किएर च्यापिएकाहरुको उद्दार कार्य जारी छ । चार तले सो भवन भत्किंन लाग्दा भागदौड मच्चिंदा कयौं घाइते भएका जनाइएको छ ।
१० वर्षअघि पुननिर्माण गरिएको सो भवनमा मुम्बई महानगरपालिकाका कर्मचारी बस्दै आएका बताइएको छ । 
भारतमा कमजोर संरचनाकै कारण बर्षेनी भवनहरु भत्किएर जनधनको ठूलो क्षति हुने गरेको छ ।
Agencies