अख्तियारद्धारा नेपाल आयल निगम, कर्मचारी संगठनका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई पक्राउ

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम, कर्मचारी संगठनका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई आज पक्राउ गरेको छ ।

 

निगमको सञ्चालक समितिका सदस्य समेत रहेका न्यौपानेलाई नियम विपरित बोनस बाँड्ने निर्णयमा संलग्न रहेको र पक्राउ परेका निगमका अधिकारीहरुमाथिको अनुसन्धान प्रभावित गर्न खोजेको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

निरन्तर घाटामा रहेको निगमको व्यवस्थापनले गत जेठमा झण्डै २० करोड रुपैयाँ बोनस बाँडेको थियो ।


सोही प्रकरणमा अख्तियारले निगमका निमित्त प्रमुख सुरेशकुमार अग्रवाल, लेखा निर्देशक नागेन्द्र साह र प्रवन्धकद्व कमलप्रसाद शर्मा तथा नेत्रबहादुर काफ्लेलाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेपछि निगमका कर्मचारीहरुले आन्दोलनको धम्की दिंदै आएका छन् भने विभिन्न डिपोबाट तेल वितरणमा अवरोध पु