भीमबहादुर सिंह
जाजरकोट – नेकपा-माओवादी कार्यकर्ताले जिल्लाका दुई स्थानबाट शनिबार निर्वाचन सामाग्री लुटेका छन् ।
जिल्ला निर्वाचन अधिकारी गणेशविक्रम शाहीका अनुसार सदरमुकाम खलंगा र दसेरा- ८ स्थित थलवाबाट मुखमा पटि्ट बाँधेका माओवादी कार्यकर्ताले निर्वाचन सामाग्री लुटेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका लागि तालिम सुपरिवेक्षक, समन्वयकर्ता, निर्वाचन शिक्षा कार्यकर्ता र स्वयंसेवक गरि ६० जनालाई तीन दिने तालिम दिन विभिन्न सामाग्री ल्याइँदै थियो ।
खलंगामा सामाग्री बोकेका मजदुर नरबहादुर खड्कालाई नियन्त्रणमा लिएर सवै निर्वाचन सामाग्री लुटेका हुन् । प्रहरीले संलग्नको खोजी तीब्र पारेको छ ।