मुम्बई । भारतको मुम्बईमा चार तल्ले आवासीय भवन भत्किंदा मर्नेको संख्या २९ नाघेको छ । हिजो भएको उक्त घटनामा भत्किएको भवनभित्र च्यापिएकाहरु मध्ये अहिलेसम्म ३२ जनालाई जीवितै बाहिर निकालिएको छ ।
उद्दार गरिएका मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । भवनभित्र अझै धेरै मानिस च्यापिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।