पाकिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प

इस्लामावाद,  । पाकिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । गत मंगलबार कम्तीमा ४ सय जनाको ज्यान गएको दक्षिण पश्चिमी पाकिस्तानलाई केन्द्र विन्दु गरी पुनः आज ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जिओलजिकल सर्भेले जनाएको छ ।


भूकम्प कराँचीबाट २ सय ५० किलोमिटर उत्तरमा गएको जनाइएको छ । यसपटक पनि भूकम्पले बलोचिस्तान र सिन्ध प्रान्तमा असर पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । क्षतिको विवरण भने आइसकेको छैन ।


पाकिस्तानी भूकम्प मापन केन्द्रले भने ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।


केन्द्रका प्रमुख आरिफ महमुदले अझै केही समय यस्तो झड्का भइरहने जनाएको एपीले उल्लेख गरेको छ ।

 

AGENCIES