नेपालमा ८ प्रतिशत जनसंख्यामा मुटु सम्बन्धी समस्या

काठमाडौं । नेपालमा ८ प्रतिशत जनसंख्यामा मुटु सम्बन्धी समस्या रहेको विज्ञहरुले बताएका छन् । मुटु दिवसको अवसरमा राजधानीमा नर्भिक अस्पतालले गरेको कार्यक्रममा विश्वमा झण्डै एक करोड ७५ लाखभन्दा बढी मानिसहरुले प्रत्येक वर्ष मुटु रोगका कारण ज्यान गुमाइरहेको र नेपालमा पनि बर्षेनी रोगीहरुको संख्या थपिदै गएको जानकारी गराइएको हो ।


विज्ञहरुका अनुसार सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार